काठमाडौं २१ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा -एसईई को परीक्षाफल नतिजा प्रकाशन गरेको छ । बोर्डको बैठकको निर्णयानुसार केही समय अगाडि नतिजा सार्वजनिक भएको हो ।
२०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने बोर्डले जनाएको छ । अबको केही समयपछि बेवसाइट, एसएमएस र आईभीआरमार्फत् आफ्नो नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
एसएमएस र आईभीआरबाट नतिजा प्रकाशनका लागि नेपाल टेलिकमसहित ५ वटा कम्पनीले स्वीकृति पाएका थिए । यस्तै, १४ वटा बेवसाइटबाट एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका साथै बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को बेवसाइट बाट पनि नतिजा हेर्न सकिनेछ ।











