सोमवार, कार्तिक २५, २०८२

दाङ प्रहरीले गर्यो अनुशासनहीन काम गर्ने २८ जना प्रहरीहरुलाई कारबाही

दाङ ०६ साउन । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी वीर बहादुर वली आएदेखि अनुशासनहीन काम गर्ने, आदेश नमान्ने, नागरिकलाई दु:ख दिने जस्ता कार्य गर्ने २८ जना प्रहरीहरुलाई कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक बर्षको असारसम्म जिल्ला प्रहरी कार्यालय दाङ, ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट लगायत बाट गरि दाङ जिल्लाभर बाट २८ जना प्रहरीहरु कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेमा महिला र पुरुष गरि प्रहरी जवान, साहेक हवलदार, हवलदार, वरिष्ठ हवलदार, असई, सई र वरिष्ठ सई लगायत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वलीले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation