बिहिबार, माघ २३, २०८२

भालुवाङ्गबाट ५ सडक मानवको उद्दार

भालुवाङ्ग ११ साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग बाट ५ जना सडक मानवलाई उद्दार गरिएको छ ।

केही दिन पहिले देखि सडकमै रात बिताउने गरेका उनीहरुकाे बिहीबार दिउँसो उद्दार गरिएको हो ।

निलसागर सेवा आश्रम दाङ शाखाकाे अगुवाइमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहितको टोलीले २ पुरुष र ३ महिलालाई उद्दार गरी निलसागर सेवा आश्रमकाे केन्द्रीय कार्यालय नेपालगन्ज र शाखा कार्यलय राप्ती गाउँपालिका वडा ८ पिपरीमा पठाएको हाे ।

उद्वार गरिएका मध्ये २ जनालाई आश्रमकाे शाखा कार्यलय पिपरीमा राखिएको छ भने ठाउँ अभाव र केही बिरामी रहेकाले उपचारका लागि ३ जनालाई केन्द्रीय कार्यलय नेपालगन्ज पठाइएको शाखा कार्यालय पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीले जानकारी दिनु भएको छ ।

उद्वार गरिएका पाँचै जना नेपाली समुदायका हुन् ।

केही दिन देखि साे क्षेत्रमा बेवारिसे अबस्थामा रहेको जानकारी पाए लगत्तै उनीहरुको उद्वार गरिएको हाे ।

पालिकाका अध्यक्ष विष्ट सहित निलसागर सेवा आश्रम शाखा कार्यालय पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चाैधरी, वडा नम्बर दुईका वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चाैधरी, ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह, समाजसेवी तपराज आचार्य, माधव खनाल लगायतको सहभागीतामा उनीहरूकाे उद्वार गरिएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation