शुक्रबार, माघ २४, २०८२

रोटरी क्लव राप्तीद्धारा भालुबाङ अस्पतालमा शुद्ध पिउने पानीका लागी फिल्टर सहयोग

देउखुरी १२ साउन । रोटरी क्लव अफ राप्तीले प्रस्तावित भालुवाङ अस्पताललाई पानी शुद्धिकरण गर्ने फिल्टर सहयोग गरेको छ ।

५० शैयाको प्रस्तावीत अस्पतालमा उपचार गर्न पुग्ने बिरामी र तिनका कुरुवा तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले युभी, आरओ फिल्टर प्रदान गरिएको छ ।

आज एक कार्यक्रमको आयोजना गरी क्लवका अध्यक्ष बासुदेव न्यौपानेले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गेमे खड्का र अस्पतालका प्रमुख कृष्ण श्रेष्ठलाई संयुक्त रुपमा फिल्टर हस्तान्तरण गरेका छन् । व्यवस्थापन समितिका अध्यक्ष गेमे खड्काले अस्पताललाई मानविय सेवा भावले फिल्टर प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

अस्पतालका प्रमुख कृष्ण श्रेष्ठले सेवा ग्राहीलाई सेवा दिदै गर्दा सेवा भावले लागेका युवाहरुले अस्पतालका रहेका विरामीलाई शिद्ध पानी पिउने व्यवस्थापन गर्दै फिल्टर प्रदान गरी नमुना कार्य गरेका बताए । रोटरी क्लव राप्तीका अध्यक्ष बासुदेव न्यौपानेले स्वार्थ भन्दा माथी रहेर अस्पतालमा आएका विरामीलाई शुद्ध पिउने पानी व्यवस्थापन गर्नका लागि अस्पताललाई फिल्टर प्रदान गरेको बताए । ‘अस्पताल आउने बिरामीले शिद्ध पिउने पानी अभाव रहेको जनगुनासो आए पछि अस्पताललाई फिल्टर प्रदान गर्ने निर्णय गरेको बताए’, अध्यक्ष न्योपानेले भने ‘फिल्टरको सहि सदुपयोग होस भन्ने अपेक्षा गरेका छौं ।’

अस्पतालमा नयाँ फिल्टर जडान भएपछी उपचारको लागी अस्पताल आएका शितगंगा नगरपालिका वडा न. ८ का सन्जु सुनार शुद्ध पिउने पानी पाउदा खुसी छन् । अस्पताल आउदा पानी किनेर पिउनु पर्ने बाध्यता हटेकोमा सुनार खुसी भएका हुन । सुनार मात्र होइन अस्पतादलमा आउने सबै बिरामी र विरामीका कुरुवाले पानी किनेर पिउनु पर्ने अवस्था थियो । तर अव उनीहरुले पानी किन्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

फिल्टर प्रदान कार्यक्रमा क्लबका तपराज आचार्य, डा. शंखरनाथ योगी, अनिल केसी, पुजा खनाल, दोर्ण आचार्य, श्याम न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation