शुक्रबार, माघ २४, २०८२

लमही खानेपानीद्धारा वृक्षरोपण कार्यक्रम सम्पन्न

देउखुरी १५ साउन । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था काे आयाेजना र अजम्बरी सामुदायिक बन उपभोक्ता संस्थाकाे सहयाेगमा, संस्थाकाे एक घर एक बिरूवाकाे नितिलाई पुरा गर्न आज साउन १५ गतेका दिन स्थानिय बन अजम्बरी सामुदायिक बनकाे डम्पिङ साईडकाे पश्चीम पट्टि अजम्बरी सामुदायिक बन उपभोक्ता संस्थाले तारबार गरेकाे १७ बिगाहा क्षेत्रमा बिभिन्न जातका बिरूवाहरूलाई एक कार्यक्रमका बिच बृक्षाराेपण काे काम सम्पन्न गरेकाे छ ।

संस्थाका अध्यक्ष जंग बहादुर चाैधरीकाे अध्यक्षता तथा प्रमुख अतिथि रहनु भएकाे कार्यक्रममा अजम्बरी सामुदायिक बन उपभोक्ता समिति का अध्यक्ष पवन शर्मा रिजाल बिशिस्ट अतिथि काे आसन बाट बाेल्दै बृक्षाराेपण गर्ने काम आफैमा ठुलाे काम हाे पानी र रूख काे सम्बन्ध नङ र मासु काे सम्बन्ध जस्तो रहेका कारण यस्ता काम लाई सामाजिक संस्था ले निरन्तर रूपमा हरेक बर्ष गर्नु पर्ने र आबश्यक पर्ने साथ सहयाेग सामुदायिक बनकाे रहने कुरा ब्यक्त गर्नु भयाे ।

अध्यक्षताकाे आसनबाट बाेल्दै खानेपानी संस्थाका अध्यक्ष जग बहादुर चाैधरी बाट बृक्षाराेपणकाे काम संस्थाकाे नियमित कार्यक्रम रहेकाले हरेक बर्ष यस प्रकारका कामलाई निरन्तरता दिने कुरा ब्यक्त गर्नु भयाे ।

खानेपानी संस्थाका बरिस्ठ सल्लाह दन्डिराम चाैधरी काे स्वागत मन्तब्यबाट सुरू भएकाे कार्यक्रम संस्थाका सचिब बसन्त आचार्यले सञ्चालन गर्नु भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation