बिहिबार, माघ २३, २०८२

राप्तिमा विभिन्न कार्यक्रम गरि मनाइयो २४औं अन्तरास्ट्रिय युवा दिवस

देउखुरी २७ श्रावण । दाङको राप्ती गाउँपालिकामा शनिबार २४ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको आयोजना, राप्ती गाउँपालिका दाङको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ भन्ने मुल नाराका साथ साे दिवस मनाइएको हाे ।

राप्ती गाउँपालिकाकाे वडा नं. ५ कालापानी स्थित धार्मिक तथा पर्यटकीय स्थल खौराहा बाबामा कमर्सले आयोजना गरेको साे कार्यक्रममा खाैराबाबा मन्दिर परिसरमा फुल प्रजातिका बिरुवा रोपण, खुला रक्तदान कार्यक्रम र “रक्तदान आजको आवश्यकता” विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रमहरु सम्पन्न भएको हाे ।

युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली र राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासेकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए भने साेही अवसरमा आयाेजित “रक्तदान आजको आवश्यकता” विषयक वक्तृत्वकला प्रतियोगितामा ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाकी छात्रा सपना भण्डारी प्रथम, ज्ञानाेदय माध्यमिक विद्यालय पत्थरगढवाकी छात्रा सुनीता शेर्पा द्वितीय र शंकर माध्यमिक विद्यालयकी छात्रा अनिता सुन्दास तृतीय भएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation