मङ्लबार, कार्तिक २६, २०८२

विभिन्न राजनीतिक दलद्वारा संयुक्तरूपमा एमसीसी विरुद्ध विरोध सभा सम्पन्न

दाङ १३ भदौ । नेकपा (मसाल), नेकपा, क्रांतिकारी कम्युनिष्ट पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको आयोजना आज एमसीसी विरुद्ध घोराहीमा विरोध सभा कार्यक्रम सम्पन्न भएको छ ।

” गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ ! अमेरिकी साम्राज्यवाद मुर्दाबाद ! एमसीसी सम्झौता खारेज गरौ भन्ने मूल नारा घोराहीमा विरोध सभा सम्पन्न भएको छ ।

बिरोध सभालाई सम्वोधन गर्दै नेकपा मसाल दाङ्गका प्रवक्ता भरत भण्डारीले आज देशव्यापि रूपमै एमसीसी विरुद्ध विरोध सभा हुदैछ। विश्वव्यापीमैं अमेरिकी साम्राज्यवादले आफूलाई एकल तानाशाही र हामी नेपाली देशभक्त जनता र पार्टी एमसीसी खारेजको संघर्षमा छौँ भन्नु भयाे ।

त्यसैगरि बिरोध सभालाई सम्वोधन गर्नुहुँदै राजमो दाङ जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले हामीले एमसीसीको प्रम्भिक समयदेखि यसको बिरोध गर्दै आइरहेका छौं ।

यो देश यस्ताे देश हो जहाँका जनताले जनताको लागि, जनतन्त्रको लागि र राष्ट्रियताको लागि आवाज उठाउछन तर उनीहरूको शान्तिपूर्ण आवाज सुनिँदैन, सम्बोधन गरिँदैन यसैगरी हामीले एमसीसी नेपाली जनता र राष्ट्रको लागि घातक छ यो कुन हालत र परिस्थितिमा एमसीसी सम्झौता खारेज गरिनु पर्छ भन्नु भयो ।

बिरोध सभालाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा पूर्व दाङ्ग जिल्ला इन्चार्ज सम्झना सि र क्रांतिकारी कम्युनिष्ट पार्टी नेपालका यम वहादुर शाहले सम्वोधन गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण जनक सि गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation