शुक्रबार, माघ २४, २०८२

स्कुले विद्यार्थीलाई लागु पदार्थ दुर्व्यसन विरुद्धको शिक्षा, रोटरी क्लव अफ राप्तीले थाल्यो अभियान

देउखुरी । स्कुले विद्यार्थीहरुमा लागुपदार्थ सेवनको लत बस्न थालेपछी विद्यार्थीलाई केन्द्रित गरेर सचेतना अभियान सुरु गरिएको छ । पछिल्लो समय युवा वर्गमा लागुऔषध सेवन विकराल बन्दै गएको छ । विशेषगरी कक्षा ८ देखी १२ कक्षाका विद्यार्थीहरुमा लागुपदार्थ सेवन गर्नेको संख्या वृद्धि भइरहेको छ ।

रोटरी क्लव अफ राप्तीले लागुपदार्थ दुव्र्यसन सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम सुरु गरेको छ । रोटरी वर्ष २०२३/२०२४को वार्षिक कार्ययोजना अनुसार क्लवले राप्ती गाउँपालिका भित्र रहेका विद्यालयमा हरेक महिना एक विद्यालयमा लागुपदार्थ दुर्व्यसन नियन्त्रणको लागी विद्यालय कार्यक्रम सञ्चालन गरिने छ ।

बर्षभरीमा १२ वटा विद्यालयमा लागुऔषध दुर्व्यसन सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम गरिने भएको रोटरी क्लव अफ राप्तीका वर्ष २०२३/२०२४ काअध्यक्ष बासुदेव न्यौपानले जानकारी दिनुभयो ।‘स्कुले विद्यार्थीमा दुर्व्यसनको लत बस्न थाल्यो । यो गम्भिर चुनौती हो’उहाँले भन्नुभयो,‘विद्यार्थीलाई दुव्र्यसनबाट टाढा राख्नैपर्छ । यसका लागी हामीले विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेका छौं ।’

राप्ती गाँउपालिका वडा नं २ मा रहेको आर्दश नमुना माध्यमिक विद्यालयबाट क्लवले विद्यालय शिक्षा कार्यक्रम सुरु गरेको छ । कक्षा ८ देखि १२ कक्षासम्म अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै सो कार्यक्रम सुरु गरेको रोटरी क्लव अफ राप्तीका अध्यक्ष न्यौपानले जानकारी दिनुभयो । ‘हरेक महिना एक विद्यालय अन्तरगत १२ विद्यालयमा लागुऔषध दुर्व्यसन सम्बन्धी शिक्षा लागु गर्ने छौं’,अध्यक्ष न्यौपानेले भन्नुभयो,‘जनचेतना फैलाउने अभियानमा सबैको साथ सहयोगको खाँचो छ ।’

रोटरी क्लव अफ राप्तीको आयोजना, लागुऔषध दुव्यर्सन रोकथाम अभियान नेपालको प्राविधिक सहयोग तथा ईलाका प्रहरी कार्यालय भालुवाङको सहकार्यमा अभियान सुरु भएको हो । क्लवले बुधवार आर्दश माध्यमिक विद्यालय लालमटियामा कक्षा ६ देखि १२ कक्षासम्म अध्ययनरत करीव चार सय विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन सम्बन्धी शिक्षा दिएको छ ।

लागुऔषध दुर्व्यसन रोकथाम अभियान नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त बहादुर पुन मगरले प्रशिक्षण दिनु भएको थियो भने कानुनी विषयमा मसुरीया प्रहरी चौकीका प्रहरी नायव निरिक्षक निम बहादुर खत्रीले बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण रोटरी क्लव राप्तीका पब्लिक इमेज चेयर अशोक बेल्बासेले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation