बिहिबार, माघ २३, २०८२

दाङकाे घाेराहीमा प्रेस चौतारी महिला विभागकाे तीज मिलन कार्यक्रम

दाङ २३ भदाै  प्रेस चौतारी नेपाल दाङ शाखाकाे महिला विभागले शनिवार घोराहीमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली नारीहरुको महान चार्ड हरितालिका तीज पर्वकाे अवसरमा सञ्चार क्षेत्रमा आवद्ध महिला पत्रकारहरुमा पनि एक अर्कासँग आत्मीयता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हाे ।

महिला विभाग प्रमुख दिप्तिशिखा चौधरीको अध्यक्षता एवम् प्रेस चौतारी नेपालकी केन्द्रिय उपाध्यक्ष देविका जिएमको प्रमुख आतिथ्यतामा भएकाे तीज मिलन कार्यक्रममा बाेल्ने वक्ताहरुले  तीज पर्वलाइ माैलिक बनाउन तथा संस्कृति सँग जाेड्न सञ्चारकर्मीहरुकाे भुमिका महत्वपुर्ण रहने भन्दै त्यस तर्फ कलम चलाउन आग्रह गरेका थिए ।

हाम्रा रितीरिवाज परम्परा र संस्कृति जोगाउने नाममा समाजलाई कुनै असर नपर्ने गरि मौलिक चाडपर्वहरु मनाउनुर्पेमा पत्रकारहरुले जोड दिएका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, महिला पत्रकारहरु लक्ष्मी आचार्य, सुलोचना गौतम, सरिता सुवेदी, रञ्जिता शर्मा, सुधासुमन ढकाल लगायतले बोलेका थिए । प्रेस चौतारीको केन्द्रिय सदस्य रिता लामाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation