बिहिबार, माघ २३, २०८२

राप्ती गाउँपालिकामा ५९ औं राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न

देउखुरी २९ भदौ । दाङको राप्ती गाउँपालिकामा ५९ औं राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकामा लगानी, सुनिश्चित भबिष्यकाे थालनी भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा पालिका स्तरीय बाल सञ्जाल तथा किशोरी सञ्जालको संयुक्त आयोजनामा बाल दिवस कार्यक्रम सम्पन्न भएको हो । दिवसका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

७ वटा बाल क्लवले भाग लिएको प्रतियोगितामा ४ नम्बर वडा स्तरीय बाल क्लव प्रथम, ६ नम्बर वडा स्तरीय बाल क्लव द्वितीय र ५ नम्बर वडा स्तरीय बाल क्लव तृतीय भएका छन् । विजेताहरूलाई क्रमश पाँच हजार, तिन हजार र दुई हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

किशोरी सञ्जालकी अध्यक्ष पुजा कुवरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष चाैधरीले बालबालिकाको क्षेत्रमा लगानी गरे त्यसबाट राम्रो प्रतिफल आउने बताउनु भयो ।

त्यस्तै अध्यक्ष चाैधरीले बालबालिका भनेका भविष्यका कर्णधार भएकाले बालबालिकालाई सिर्जनात्मक कार्यमा लगाउन जरूरी रहेको समेत बताउनुभयो । सो अवसरमा राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकि जिवनकुमारी जिसी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बाल सञ्जालका काेषाध्यक्ष लक्ष्मण चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन बाल सञ्जालका अध्यक्ष ताराप्रसाद शर्माले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation