शुक्रबार, माघ २४, २०८२

अब देश बनाउन दल र भोट दुबै बदल्नुपर्छः सभापति लामिछाने

देउखुरी ५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश बनाउन दल र भोट दुवै बदल्नुपर्ने बताएका छन् ।

दाङको भालुवाङमा राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँपालिकाले आयोजना गरेको जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेरो बाउबाजेको पार्टी भनेर पछि नलाग्न अनुरोध गरे ।

‘बाउ–बाजेको पार्टी नेपाली नागरिकलाई बिदेशी बनाएर जेल बसेका छन्, सुनकाण्ड, शरणार्थी काण्ड र ललिता निवास जग्गा काण्डमा फसे’, उनले भने, ‘अब देश बनाउन दल र भोट दुबै बदल्नुपर्छ। बाउबाजेको पार्टीलाई भोट हाल्नु हुन्छ भने हामीलाई केही भन्नू छैन तर मुलुक परिवर्तन चाहिएको छ भने गल्ती सच्चाउनुस् भोट बदल्नुस् ।’

त्यसै गरी सभापति लामिछानेले लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रमा जग्गा रोक्का राखेर जनतालाई दुख दिएर, कमजोर बनाएर, डिप्रेशनको सिकार बनाए सरकारले अन्याय गरेको आरोप लगाए । उनले भने हामी जनताको साथमा छौ, जग्गा रोक्का गरेर नागरिकको अधिकार हनन् हुन दिदैनौ ।

जग्गा रोक्का गरेर राजनितीको हतियार बनाउन खोजेको आरोप लगाउदै केही मान्छे लाई पोस्न गरिएको राजनिती हो, फोहोरी राजनीतिमा हाम्रो विमति छ उनले भने । शान्तिपूर्ण आन्दोलन मार्फत जग्गा फुकुवाको पहल गर्न समेत निर्देशन दिएका छन् ।

उक्त भेटमा राप्ती गाउँपालिकाका सभापति दोर्ण जिसीले जग्गा फुकुवाको बिषयमा ज्ञापन पत्र समेत बुझाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation