बिहिबार, माघ २३, २०८२

कालापानी सामुदायिक वनको अध्यक्षमा श्यामा रावत सर्वसम्मत चयन

सिसहनियाँ  दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको कालापानी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा श्यामा रावत सर्वसम्मत चयन भएकी छिन् ।

सामुदायिक वनको शनिवार कालापानी स्थित खाैराहाबाबामा आयोजित २० औं साधारणसभा तथा ८ औं अधिवेशनबाट रावतको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नव गठित सामुदायिक वनको उपाध्यक्षमा विष्णुप्रसाद पोख्रेल, सचिवमा घनश्याम पोख्रेल, कोषाध्यक्षमा शोभाखर आचार्य सर्वसम्मत चयन भएका छन् ।

त्यसै गरि सदस्यहरूमा बलबहादुर रावत, शान्ता भुसाल, लोकबहादुर पुन, आशाराम चाैधरी, रमेश चाैधरी झगा घर्ती, भुमा विक नरबहादुर केसी र मंगलप्रसाद चाैधरी रहेका छन् । समुहका अध्यक्ष छविलाल चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रतिवेदन समुहका सचिव श्यामा रावत र आर्थिक प्रतिवेदन समुहका सदस्य शोभाखर आचार्यले प्रस्तुत गरेका थिए ।

सो अवसरमा दाङ जिल्ला सामुदायिक वन महासंघका प्रतिनिधि तिर्थराज ज्ञवाली, नर्ती सामुदायिक वन समन्वय समितिका उपाध्यक्ष तारा घिमिरे,राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे, शंकर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तुलाध्वल मल्ल, देउकी सामुदायिक वन उपभोक्ता समुहका तिलबहादुर थापा,गाउँ प्रधान गोवर्धन रावतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समुहका सदस्य विष्णुप्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समुहकी सचिव श्यामा रावतले गरेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation