शुक्रबार, माघ २४, २०८२

राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता, खोजी कार्य जारी

भालुवाङ १२ असोज दाङको देउखुरी स्थित राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता भएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी ३७ वर्षिय रामचरण चाैधरी शुक्रबार दिउँसो करिव २ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित लामो झुलुङ्गेपुल देखि करिब ५/७ सय मिटर पश्चिम राप्ती नदीमा जालले माछा मार्ने क्रममा बगेर वेपत्ता भएको ३ नम्बर वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङका प्रहरी निरिक्षक देवेन्द्र बुढाथोकी र प्रहरी चाैकी मसुरीयाका प्रहरी नायव निरिक्षक निमबहादुर खत्रीको नेतृत्वमा वेपत्ता भएका चाैधरीको खोजी कार्य जारी रहेको वडा अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation