शुक्रबार, माघ २४, २०८२

उद्योग व्यापार संघ राप्ती उपत्यकाको अध्यक्षमा पुनः गन्ज बहादुर विष्ट

देउखुरी १९ असाेज । नेकपा माओवादी निकट उद्योग व्यापार संघ राप्ती उपत्यकाको अध्यक्षमा पुनः गन्ज बहादुर विष्ट चयन हुनु भएको छ ।

शुक्रबार राप्ती गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न प्रथम वार्षिक साधारणसभाले विष्टको अध्यक्षतामा एक सदस्य पछि थप गर्ने गरि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे ।

जसकाे उपाध्यक्षमा जया रावल, तुला गिरी र रण प्रसाद सुवेदी रहनु भएको छ भने महासचिवमा बसन्त नेपाली, सचिवमा चन्द्र खनाल, काेषाध्यक्षमा चित्र बहादुर रावत र सह काेषाध्यक्षमा उमा चाैधरी चयन हुनु भएको छ ।

त्यस्तै संघको सदस्यहरूमा रंग बहादुर सुनार, लक्ष्मण घर्ती, पिताम्बर गैरे, डम्बर थापा, कृष्ण केसी, तिलक अधिकारी, प्रभात केसी, ऋषिराम आचार्य र उर्मिला चाैधरी रहनुभएको छ ।

देउखुरी क्षेत्रमा रहेका चार वटै स्थानीय तहहरुमा व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारीहरुलाई समेट्ने गरि नयाँ कार्य समिति चयन गरिएकाे नव निर्वाचित अध्यक्ष गन्ज बहादुर विष्टले बताउनुभयो ।

साधारणसभा उद्योग व्यापार संघ राप्ती उपत्यकाका अध्यक्ष गन्ज बहादुर विष्टको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्केकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे ।

साे अवसरमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका संसद इन्द्रजित थारु, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष लुमाकान्त न्याैपाने ‘सागर’,सचिव कृष्ण अधिकारी ‘प्रकाश’,नेपाल उद्योग व्यापार महासंघका उपाध्यक्ष ओविन्द्र महरा, महासचिव खेम नारायण पराजुली, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, नेकपा माओवादी केन्द्रका राप्ती गाउँ कमिटी अध्यक्ष नारायण प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

संघको विधान संरक्षक शंकर गाैतमकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव पहलवान चाैधरीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation