शुक्रबार, माघ २४, २०८२

नेकपा जिल्ला समिति देउखुरीको अन्तरक्रिया कार्यक्रम लमहिमा सम्पन्न

लमही १९ असोज  नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति देउखुरीको शुक्रवार दाङको लमहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति देउखुरीले लमहीमा आयोजना गरेको वर्तमान राष्ट्रिय संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टीका स्थायी कमिटि सदस्य बिसमले सो कुरा बताएका हुन् । उनले अहिलेको अवस्थामा देश संकटकालिन अवस्थामा रहेकोले नागरिकहरु समेत संटकमा रहेको बताएका छन् । देश समाजवाद तर्फ जान नसकेको तर पुँजीवादमा रहेकोले त्यसलाई हटाउन समाजवाद आवश्यक रहेको बताएका छन् ।

पार्टीका देउखुरी सेक्रेटरी अल्फा सी को अध्यक्षता एवम् पार्टीका स्थायी कमिटि सदस्य बिसम सी को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा माओवादीका बसन्त शर्मा विक्रान्त, राप्रपाका लमही नगर अध्यक्ष शोभाकर घिमिरे, जनमोर्चा निकट अखिल नेपाल किसान महासंघका जिल्ला उपाध्यक्ष माधव आचार्य, सोही पार्टीका राप्ती गाउँपालिका अध्यक्ष ठाकुर प्रसाद आचार्य, आदर्श मावि देउपुरका प्रअ कुलचन्द्र पौडेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटि उपाध्यक्ष चुमा आचार्य लगायतका वक्ताहरुले बोलेका थिए ।

कार्यक्रममा अवधारणा पत्र पार्टीका पश्चिम लुम्बिनी व्युरो इन्चार्ज तथा पार्टीका पोलिटव्युरो सदस्य संजिप सी ले प्रस्तुत गरेका थिए । पार्टीका राप्ती गाउँपालिका इन्चार्ज यज्ञ सी को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पार्टीका लमही नगर इन्चार्ज मुक्ति सीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation