शुक्रबार, माघ २४, २०८२

घोराही उपमहानगरपालिका २ मा राजमोको भेला सम्पन्न

दाङ २० असोज । राष्ट्रिय जनमोर्चा दाङको संगठन निर्माण अभियान अन्तर्गत घोराही उपमहानगरपालीका २ को वडा भेला सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा भएको भेलाले ज्ञानबहादुर घर्तीको अध्यक्षतामा १३ सदस्यीय वडा समिती गठन गरेको छ । समितिको उपाध्यक्षमा उमाकान्त पोख्रेल सचिवमा बिस्णु रिजाल, कोषाध्यक्षमा सारदा रिजाल, सह सचिबमा डिल्ली हमाल, सदस्यहरुमा सन्जु नेपाली, खिमबहादुर जि एम, गिता नेपाली, खिमबहादुर जैसी, सीता पोख्रेल, सबिन हमाल, खिमा नेपाली सहित एक स्थान रिक्त रहेका छन ।

राष्ट्रिय जनमोर्चाले कम्युनिस्ट पार्टी स्थापनाको हिरज जयन्तीको अबसरमा “कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ” भन्ने मुल नाराका साथ असोज महिना भरी संगठन निर्माण अभियान संचालन गरेको छ । उक्त अभियान दाङ जिल्लाका विभिन्न पालिकाहरुमा निरन्तर चलिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation