शुक्रबार, माघ २४, २०८२

एमाले राप्तीद्वारा स्व. ज्ञवालीको श्रद्धाञ्जली सभा कार्यक्रम

भालुवाङ ३० असोज । नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले स्व. विमल ज्ञवालीको ११ औं दिनको पुण्य तिथिको अवसर पारि श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी ५९ वर्षिय स्व. ज्ञवालीको निवासमा श्रद्धाञ्जली सभा कार्यक्रम भएको हो ।

पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षता एवम् नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य जगत प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै प्रमुख अतिथि पोख्रेलले स्व. ज्ञवाली पार्टीको क्रियाशील सदस्य मात्र नभई सञ्चार क्षेत्रका उदयमा व्यक्ति पनि भएको स्मरण गराउदै समाज रूपान्तरमा पनि स्व. ज्ञवालीको भुमिका महत्त्वपूर्ण रहेको बताएका थिए ।

ज्ञवालीको निधनले सिंगो पार्टी र सञ्चार क्षेत्रमा पुगेको क्षति प्रति दुख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेका थिए । सभामा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य सन्तोष कुमार गुप्ता लगायतका वक्ताहरूले शोक मन्तव्य व्यक्त गरेका थिए ।

स्व. ज्ञवालीको जीवनका विषयमा रूक्माङगत ज्ञवालीले जानकारी गराएकाे कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका कमिटी सचिव भरतमणी न्याैपानेले गरेका थिए । स्व. ज्ञवाली २०२१ मंसिर ६ गते जन्मिएका थिए । भने २०८० असोज २० गते निधन भएको थियो । स्व. ज्ञवाली लामो समय देखि विरामी रहेका थिए । उनी नेकपा एमालेका संगठित सदस्य र प्रेस चाैतारी नेपाल दाङको पुर्व जिल्ला सचिवका साथै नयाँ युगबोध राष्ट्रिय दैनिक र गाउँघर साप्ताहिकमा समेत काम गरिसकेका थिए । स्व. ज्ञवालीको २ छोरी, १ छोरा र श्रीमती रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation