मङ्लबार, कार्तिक २६, २०८२

राप्तीमा बजार अनुगमन कार्य जारी

देउखुरी १ कार्तिक । राप्ती गाउँपालिका दाङले सञ्चालन गरेको बजार अनुगमन कार्य जारी रहेको छ । पालिकाले साेमबार देखि बजार अनुगमन कार्य जारी राखेको हाे ।

गाउँपालिकाले आउदै गरेको चाडपर्वहरुलाई लक्षित गरि बजार अनुगमन कार्य गरेको छ। अनुगमनको दाेस्राे दिन आज बुधबार भालुवाङ्ग,पुलचाेक बजार र लालमटिया बजार अनुगमन गरिएको छ ।

विशेष गरि म्याद नाघे/ ननाघेको, मूल्य सुचि राखे/ नराखेको  र कालोबजारी रोकथामका लागि बजार अनुगमन गरिएको हो ।

केही पसलहरुमा मूल्य सूचि नराखेको पाइएकाले त्यस्ता पसलहरुलाई तत्काल मूल्य सूचि राख्न आग्रह गरिएको पालिकाका आर्थिक विकास समितिका संयोजक जिवराज पाैडेले जानकारी दिनु भएको छ ।

त्यस्तै अनुगमनका क्रममा केही पसलहरु बाट म्याद नाघेका खाद्य बस्तुहरु समेत जफत गरिएको छ ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयाेजक कमलापति चाैधरीको नेतृत्वमा बजार अनुगमन गरिएको हाे ।

अनुगमनमा पालिकाका आर्थिक विकास समितिका संयोजक तथा पशुसेवा शाखा प्रमुख जिवराज पाैडेल, कृषि विकास शाखाकी प्रविधिक निर्मला गिरी, पशु सेवा प्राविधिक शेरबहादुर हमाल, इलाका प्रहरी कार्यालय भालुवाङ्गका असई शालिकराम पाेख्रल र पत्रकार ओमप्रकाश गुप्ताकाे सहभागीता रहेको थियो ।

यस्तै पालिकाले गत महिना मात्रै  सञ्चालन गरेको करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियान बाट ३२ लाख २४ हजार ९ सय पचास रुपैयाँ राजश्व संकलन गरेको थियो भने विभिन्न पसलहरुबाट १ लाख बढी मूल्यको म्याद नाघेको खाद्य बस्तुहरु जफत गरि नष्ट गरेकाे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation