शुक्रबार, माघ २४, २०८२

गढवाका किशोरीहरुलाई आत्मरक्षाका लागि सिपि नेपालद्धारा दुई दिने तालिम

गढवा २० कार्तिक । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिम दिई रहेको छ ।

क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको सहजिकरणमा दुई दिने आत्मरक्षा तालिम सुरु भएको हो ।

गढवा गाउँपालिका वडा ५,६ र ७ का ५० जना किशोरी हरुलाई आत्मरक्षा तालिम दिन थालिएको क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाका विद्यार्थी संयोजक हेमराज शर्माले जानकारी दिनुभयो ।

पहिलो चरणमा ५० र केही समयपछि पुनः ५० जना किशोरीहरुलाई आत्मरक्षा तालिम दिने कार्यक्रम तय गरिएको संयोजक शर्माले बताउनुभयो। पछिल्लो समयमा किशोरी माथी बलात्कार, यौवन हिंसा, उत्पिडन बढ्दै गैरहेकोले आपत्कालीन समयमा आफु एक्लै हुँदा समेत किशोरीहरुले आफनो आत्मरक्षा गर्न सक्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाले जनाएको छ।सिपि नेपालको सि क्रियटिज कार्यक्रम अन्तर्गत दुई दिने तालिमको सुरुवात गरेको बताउनु भयो ।

तालिमको सहजीकरण गढवा तेक्वान्दोका किरण पौडेल र बसन्ती चौधरीले गरिरहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation