देउखुरी २२ कार्तिक । निलसागर सेवा आश्रम दाङले लमही नगरपालिका-२ श्रीगाउँबाट एक जना बेसहारा मानवकाे उद्वार गरेको छ ।
लमही निवासी युवा नेता तथा समाजसेवी बसन्तराज शर्माको समन्वय तथा अस्थाई प्रहरी पाेष्ट नर्तीका असई ओम बहादुर पछाईकाे सहयोगमा ७१ वर्षीय रिशमान चाैधरीकाे उद्वार गरिएको हाे ।
उनलाई उद्वार गरि हाल आश्रमको कार्यालय राप्ती गाउँपालिका ८ पिपरीमा राखिएको आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीले जानकारी दिनुभयो ।
निसन्तान तथा घरबार बिहीन उनी करिब ४६ बर्ष अघिदेखि कैलाली र बर्दीया जिल्लाका विभिन्न ठाउँमा मजदुरी जिवन बिताइरहेकाे र हाल बुढेसकाल लागेपछि बेसहारा भएकाले उद्वार गरि आश्रममा पठाइएको समाजसेवी शर्माले बताउनुभयो ।
संस्था काेही पनि मानिसहरू खाना,छाना र नाना बाट बन्चित हुन नपरोस् भनेर बेसहारा तथा सहयाेगापेक्षी सडक मानवकाे उद्वारमा जुटेको छ ।
आश्रममा अहिले ५ जना महिला सहित २८ जना रहेका छन् ।
उद्वार गरिएका अधिकाशं भारतिय मूलका रहेको आश्रमका कार्यवाहक अध्यक्ष चाैधरीले जानकारी दिनु भएको छ ।
कही कतै त्यस्ता व्यक्ति देखेकाे खण्डमा तत्काल आफूलाई ९८४७४५८०४४ मा सम्पर्क गरी जानकारी गराउन कार्यवाहक अध्यक्ष चाैधरीले सबैमा अनुरोध समेत गर्नु भएको छ ।











