बिहिबार, माघ २३, २०८२

इप्रका गढवा र कोइलाबासद्वारा डेढ लाख रुपैयाँ बराबरको अवैध चल्ला नियन्त्रणमा

गढवा ४ मंसिर । ईलाका प्रहरी कार्यालय गढवा र ईलाका प्रहरी कार्यालय कोइलाबासले छुट्टा छुट्टै रुपमा करिव डेढ लाख रुपैयाँ बराबरको एक दिने कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय गढवाले गोप्य सूचनाको आधारमा खटिएको गस्ती टोलीले अबैध कुखुराको चल्ला बरामद गरेको हो ।

अबैध रुपमा कोईलाबास भन्सारबाट मंसिर ३ गते गढवा गाउँपालिका वडा नम्बर ५ जमुनिबास भारतबाट नेपाल तर्फ भन्सार छली अबैध रुपमा चोरी गरी बोईलर कुखुराको चल्ला ल्याउदै गरेको गोप्य सूचना पाएपछी ईलाका प्रहरी कार्यालय गढवाआ प्रहरी निरीक्षक नविन वलीको नेतृत्वमा गएको टोलीको अबैध चल्ला नियन्त्रणमा लिईएको हो ।

भारत बाट भन्सार छली चोरी गरी अबैध रूपमा नेपाल ल्याउदै गरेको गढवा गाउँपालिका वडा नम्बर ५ जमुनिबासबाट प्रहरी निरीक्षक वलीको नेतृत्वमा गएको सात जना प्रहरी टोलीले १ दिने १२ कार्टुनबाट ८ सय चल्ला र सवारी साधन सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको कुखुराको चल्लाको अनुमानित मुल्य ५६ हजार सम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

त्सैगरी ईलाका प्रहरी कार्यालय कोइलाबासले भारतबाट भन्सार छली अबैध रुपमा चोरी गरी नेपाल ल्याउदै गरेको लुकाएर राखेको बेवारिसे अवस्थामा कोइलाबासको जंगलबाट १९ कार्टुन बाट १ हजार ३ सय ६८ वटा अन्दाजी ९५ हजार ७ सय ६० रुपैयाँ बराबरको बोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।

साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार, न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation