बिहिबार, माघ २३, २०८२

राप्ती चेम्बर र देउखुरी टुडेको टिमद्वारा जाजरकोटका भुकम्प पिडितलाई ३ लाख बढीको राहत प्रदान

भालुवाङ ६ मंसिर । राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र देउखुरी टुडे डटकमको संयुक्त टिमले भुकम्प प्रभावित क्षेत्र बारेकोट गाउँपालिका वडा नम्बर ९ जाजरकोटमा पुगि राहत प्रदान गरेको छ ।

चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षता एवम् बारेकोट गाउँपालिका ९ नम्बर वडा अध्यक्ष दानबहादुर शाहीको प्रमुख आतिथ्यतामा सो राहत वडा कार्यालय मार्फत भुकम्प पिडितकै हातमा प्रदान गरेको छ । सो टिमले ३ लाख ८ हजार २ सय २५ रूपैयाँ बराबरको खाद्यान्न तथा अन्य जिन्सी सामाग्री राहत स्वरूप प्रदान गरिएको छ ।

यसै बीच राहत लिएर गएका टोलीलाई वडा अध्यक्ष दानबहादुर शाहीले फूलमाला सहित भव्य स्वागत समेत गरेकाछ छन् । कुल ४ सय ९० घरधुरि रहेको सो वडामा ३० वटा घर पुर्ण रूपमा क्षति भएको छ भने अन्य घरमा पनि क्षति पुर्‍याएको छ ।

राहत वितरण कार्यक्रममा चेम्बरका अध्यक्ष नेमलाल बेल्वासे, देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक सन्तोषकुमार गुप्ता, चेम्बरका दोस्रो उपाध्यक्ष शेषकान्त आचार्य, सदस्य बालानन्द आचार्य, कोषाध्यक्ष अर्जुन कुमार क्षेत्री, युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदी, सदस्य गणेश गाैतम, देउखुरी टुडे डटकमका सहसम्पादक विदुर एमसी र प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताको सहभागीता रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation