बिहिबार, माघ २३, २०८२

राप्ती गाउँपालिका र नामसालिङ संस्था बीच समन्वयात्मक बैठक सम्पन्न

दाङ २७ मंसिर । राप्ती गाउँपालिका दाङ र साझेदारी संस्था नामसालिङ सामुदायिक विकास केन्द्र बीच समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे बारेमा गाउँपालिका र संस्था बीच समन्वयात्मक बैठक सम्पन्न भएको हो ।

साे अवसरमा नामसालिङका कृषि अधिकृत तथा कार्यक्रम संयोजक सशांक आचार्यले परियोजनाका प्रमुख उदेश्य, कार्य क्षेत्र र त्यसले समुदायमा पुर्‍याउने प्रभावका बारेमा जानकारी गराउनु भएको  थियो ।

साे बैठकमा बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले ग्रामीण क्षेत्रका विपन्न नागरिकहरुकाे आर्थिक जीवनस्तर उकास्न संस्थाले खेलेको भूमिकाकाे उच्च प्रसंसा गर्दै आगामी दिनमा पनि सँगै सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो ।

त्यस्तै बैठकमा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, शिक्षा शाखा प्रमुख विश्वास विक, पशु विकास शाखाका अधिकृत दामोदर आचार्य, प्रशासन शाखा प्रमुख विकास ज्ञवाली लगायतले संस्थाले गाउँपालिका क्षेत्रमा सञ्चालन गरेका विभिन्न परियोजनाका बारेमा आ-आफ्ना धारणा राख्नुमा साथै आवश्यक सुझाव समेत दिनुभएको थियो ।

बैठकमा गाउँ कार्यपालिकाका सदस्यहरु सहित  नामसालिङ सामुदायिक विकास केन्द्र इलामका अध्यक्ष भू प्रसाद लिम्बू, सचिव कमल प्रसाद नेपाल, टिम प्रमुख हिरा बहादुर घले, वेद ढकाल, लक्ष्मण कुमार दुलाल, कृषि अधिकृत तथा कार्यक्रम संयोजक शशांक आचार्य र फिल्ड संयाेजक धर्म यादव लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकामा तर्फबाट गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुले नाम्सालिङ सामुदायीक विकास केन्द्र लाई केन्द्रको परियोजनाका गतिविधिहरूको मूल्यांकन गर्दै सम्मान पत्र सहित सम्मान गर्नु भएको थियो ।

वि.सं २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ साल देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

परियाेजना मार्फत कृषि, पोषण, आयआर्जन, जलवायु अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै अगाडि बढाउँदै आइरहेको नाम्सालिङका कृषि अधिकृत तथा कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation