बिहिबार, माघ २३, २०८२

नेकपा मसाल दाङले मनायो १३१औँ माओ जयन्ती

दाङ १० पौष । नेकपा मसाल जिल्ला समिति दाङले  बिश्व कम्युनिस्ट आन्दोलनका महान पुरुष एबम चिनिया कम्युनिस्ट नेता माओत्सेतुङको १३१औँ जन्मजयन्ती मनाएको छ ।

नेकपा मसाल जिल्ला समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि अखिल नेपाल युवक संघ पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलले समसामयिक राजनिती, बिश्व कम्युनिस्ट आन्दोलनमा माओको योगदान लगायत बिषयमा आफ्नो बिचार राख्नुभएको थियो ।

अखिल नेपाल बुद्धिजिवि संघ दाङ जिल्ला अध्यक्ष चुनचुन केसीको अध्यक्षता रहेको कार्यक्रमको स्वागत राजमो जिल्ला सदस्य चन्द्र बहादुर रावत र संचालन अखिल नेपाल ट्रेड युनियन घोराही नगर अध्यक्ष भिमकान्त पन्तले गर्नु भएको थियो ।

उक्त कार्यक्रमलाई राजमो जिल्ला सहसचिब कृष्णा राना, अखिल नेपाल प्रगतीशिल लेखक सङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष्य सुरेश कुमार पाण्डे, अखिल छैठौ जिल्ला सचिव दिनेश रैदास, जातीय समताका सचिव वलदेव विश्वकर्मा र राजमो रोल्पा जिल्ला सदस्य केवि थापाले सम्बोधन गर्नु भएको थियो । अखिल नेपाल महिला सङ्घ नगर उपाध्यक्ष देवा पाण्डेको आतिथ्यता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation