बिहिबार, माघ २३, २०८२

राप्ती गाउँपालिका दाङद्वारा सरुवा भई जान लाग्नु भएकी डाक्टर महताेकाे बिदाई

दाङ १८ पौष । राप्ती गाउँपालिका दाङले भालुवाङ्ग स्थित लालमटिया स्वास्थ्य चाैकी बाट सरुवा भई जान लाग्नु भएकी डाक्टर प्रतिभा महताे लाई बिदाई गरेको छ ।

सुर्य विनायक अस्पताल भक्तपुरमा सरुवा भई जान लाग्नु भएकी डाक्टर महताेलाई गाउँपालिकाले बुधबार पालिकामा फेरि भेट हाैला कार्यक्रमकाे आयोजना गरि बिदाई गरेको हाे ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली ,स्वास्थ्य शाखा प्रमुख नारायण रावत लगायत पालिकाका अन्य कर्मचारीहरुले फूल माला र टीका लगाई डाक्टर महताेकाे बिदाई गरेको हाे ।

कार्यक्रममा पालिकाका अध्यक्ष विष्टले डाक्टर महताेलाई पालिकाकाे तर्फबाट मायाको चिनाे समेत प्रदान गर्नु भएको थियो ।

साे अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले डाक्टर महताेले सेवा अवधिभर स्वास्थ्य सेवा प्रवाहमा पुर्‍याएकाे याेगदानकाे उच्च प्रसंसा गर्दै जहाँ रहेर सेवा गरे तापनि देशका सबै क्षेत्रका बिरामीहरुले चिन्ने गरि काम गर्न आग्रह गर्नुभयाे ।

त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले सरुवा प्रक्रिया नियमित प्रक्रिया भएकाे उल्लेख गर्दै जुनसुकै ठाउँमा सरुवा भए पनि आफ्नो पेशा र कर्म प्रति मर्यादित भएर सेवा प्रवाह गर्नु पर्ने बताउनुभयो ।

डाक्टर महताे नेपाल सरकारले प्रदान गरेको छात्रवृत्ति मार्फत आफ्नो पढाइ पूरा गरि विगत डेढ वर्षअघि देखि लालमटिया स्वास्थ्य चाैकी भालुवाङ्ग कार्यरत रहनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation