सोमवार, कार्तिक २५, २०८२

गढवामा बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर दुर्घटना, २८ जना घाईते

गढवा १८ पौष । बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन ।

बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा लु २ त ५१६४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भयो ।

घाईते हुनेहरु सबै गढवा गाउँपालिका वडा नम्बर ४ पर्साका रहेको प्रहरीले बताएको छ । जानकारी पाउन साथ दुर्घटना स्थलमा पुगी उद्घार गरी २८ जना लाई उपचारकाका लागि लमही अस्पतालमा पठाईएको थियो ।

गढवा गाउँपालिका र लमही नगरपालिकाको ६ वटा एम्बुलेन्स प्रयोग गरी घाईतेहरुलाई अस्पताल पुर्‍याईएको गढवा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टुकमान कवंरले जानकारी दिनु भयो ।

गाडी चालक गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा बस्ने अन्दाजी ३४ बर्षिय आशालाम चौधरीलाई प्रहरीले स्वास्थ्य चेकजाँच गरी आफ्नो नियन्त्रणमा लिने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation