सोमवार, कार्तिक २५, २०८२

बगर कृषि सहकारी संस्था लिमिटेडकाे १३औँ वार्षिक साधारणसभा सम्पन्न

दाङ १८ पौष । राप्ती गाउँपनलिका वडा नम्बर ५ सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्था लिमिटेडकाे १३ औ वार्षिक साधारणसभा बुधबार पिपरीमा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष सावित्री चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हाे ।

साे अवसरमा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहकारी आर्थिक विकासको महत्वपूर्ण माध्यम भएको बताउँदै उत्पादन मुलक क्षेत्रमा लगानी गरी मुलुकलाई आत्मनिर्भर तर्फ लैजानुपर्ने बताउनुभयो ।

किसानहरुले माैसमी तरकारी खेती गर्दा उचित मूल्य र बजार नपाउने भएकोले बेमौसमी खेती तर्फ अग्रसर हुन उहाँले सहभागी कृषकहरूलाई आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले पछिल्लो समय उत्पादन वृद्धि गर्ने नाममा विभिन्न खेतीमा रासायनिक मल र विषादीकाे जथाभावी प्रयोग भई रहेको भन्दै त्यसको साटो प्राङ्गारीक मलकाे प्रयोग गरि अर्गानिक खेतीपाती गरे त्यस्ता कृषकलाई पालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।

त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले सहकारीमा बचत, कर्जा तथा लगानी लाई नीति बनाई अघि बढ्नुपर्ने बताउनु भयो ।

महिला सशक्तिकरणका लागि सहकारी उपयुक्त माध्यम भएको बताउदै उहाँले महिलाहरु सहकारीमा आवद्ध भई विस्तारै आर्थिक पक्षमा बलियो हुँदै गएको समेत बताउनुभयो ।

साधारणसभामा सहसचिव नीमा चाैधरीले वार्षिक प्रतिवेदन र काेषाध्यक्ष दयावती चाैधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साे अवसरमा संस्थाले संस्थामा आवद्ध असल बचतकर्ता, जेष्ठ नागरिक, एकल महिला र असल कृषकहरुलाई कृषि औजारहरु प्रदान गरि सम्मान गरिएको थियो ।

राप्ती गाउँपालिकाका नाै वटै वडा र लमही नगरपालिकाकाे एउटा वडा कार्य क्षेत्र रहेको संस्थामा ३ सय ५० भन्दा बढी शेयर सदस्य आवद्ध रहेकाे बताइएको छ ।

संस्थाकि उपाध्यक्ष कल्पना आचार्यकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमकाे सहजीकरण संस्थाका सचिव दल बहादुर घर्तीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation