बिहिबार, माघ २३, २०८२

राप्ती गाउँपालिका दाङको हिउँदे अधिवेशन बिहीबारदेखि शुरु

दाङ २६ पौष । राप्ती गाउँपालिका दाङको दाेस्राे गाउँसभाकाे चाैथाे (हिउँदे) अधिवेशन बिहीबारदेखि शुरु भएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा पालिकाकाे कार्यालय मसुरीयामा अधिवेशन शुरु भएको हाे ।

अधिवेशनकाे आज बसेको पहिलो बैठकमा नजिकै आउदै गरेको थारु तथा मगर समुदायहरुले विशेष पर्वको रुपमा मनाइने माघे संक्रन्ति पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको छ ।

साे अवसरमा सभाका सदस्य तथा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,सभाका सदस्य सचिव नेब बहादुर ओली लगायतका सभाका अन्य सदस्यहरुले माघे संक्रान्ति पर्व एकता ,मेलमिलाप र सद्भावकाे पर्व भएको बताउदै सम्पूर्ण पालिका बासीहरुमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

मुख्यत आर्थिक ऐन २०८० को संसोधन तथा वडा बाट सिफारिस भएका योजनाहरुको संसोधन गर्ने कार्य सुचि रहेको अधिवेशन पुनः माघ १९ गते बिहान ११ बजे बस्ने गरि त्यतिन्जेल सम्मका लागि स्थगित गरिएको पालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation