बिहिबार, माघ २३, २०८२

राप्तीमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)सम्बन्धी छलफल सम्पन्न

देउखुरी २६ पपौष । दाङको राप्ती गाउँपालिकामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)सम्बन्धी बिहीबार कार्यपालिकाकाे बैठकमा छलफल गरिएको छ ।

वर्ष भरि गरिएका विभिन्न दस वटा विषयमा तयार पारिएको स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)काे बारेमा बैठकमा छलफल गरिएको हाे ।

बैठकमा गाउँपालिकाले वर्षभरि प्रदान गरेको सेवा तथा कार्य प्रक्रिया, योजना अनुसार शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समाबेशिकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य तथा समन्वय लगायतका विषयमा तयारी पारिएको स्वमूल्याङ्कन तथ्याङमा छलफल गरिएको हाे ।

त्यस्तै बैठकमा वित्तीय सुशासन जाेखिम मूल्यांकन (FRA) सम्बन्धि तयार पारिएको तथ्यांकमा समेत छलफल गरिएको थियो ।

यसरी छलफल गरि तयार पारिएको सो स्वमूल्याङ्कनको नतिजालाई पुनः कार्यपालिकाको बैठकमा पेश गरि आगामी दिनमा प्राप्त हुन नसकेको लक्ष्य प्राप्तीको लागि जनप्रतिनिधि तथा कर्मचारी द्धारा निति, कार्यक्रम तथा योजना निर्माण गरि कार्यान्वयन गरिने गाउँपालिकाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)का फाेकल पर्सन बालचन्द्र गुरुङले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation