बिहिबार, माघ २३, २०८२

गढवामा दादुरा रुवेला खोप अभियान पालिका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न

गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दादुरा रुवेला खोप अभियान पालिका स्तरीय योजना तर्जुमा गोष्ठी कार्यक्रम बुधवार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्वास्थ्यकर्मीहरुले गरेको कामहरुको आफु मुल्यांकन गर्ने गरेको बताउनु भयो । गढवा गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा प्राप्त सफल्ताको पछाडी स्वास्थ्यकर्मीहरुको अथक प्रयास र मिहिनेत रहेको बताउनु भयो ।

फागुन १३ गते देखि २० गतेसम्म गढवा गाउँपालिकाको ८ वटा वडामा खोप अभियान संचालन गर्नको लागि कार्यक्रममा छलफल गरिएको थियो । गढवा गाउँपालिकाका ९ महिनादेखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप दिन लागिएको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका बिभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरु लगाएतकाको उपस्थिति रहेको थियो ।

हाल गढवा गाउँपालिकामा ४६ स्थानमा खोप केन्द्र सञ्चालन रहेको छ भने १ सय ४ जना खोपदिने स्वास्थ्यकर्मी रहनु भएको छ । त्यसैगरी १ य ५६ जना स्वयंसेवक परिचालन गरिएको छ भने ए. ई. एफ. आई. व्यवस्थापन र अनुगमनका लागि १० जना लाई जिम्मेवारी दिईएको प्रस्तुतीकरणमा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation