बिहिबार, माघ २३, २०८२

पाखापानीमा ‘प्रथम शिद्धेश्वर महाशिवरात्री साँस्कृतिक मेला–२०८०’ सुरु

देउखुरी २४ फागुन । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुर्याउन ‘प्रथम सिद्धेश्वर महाशिवरात्री साँस्कृतिक मेला–२०८०’ सुरु भएको छ ।

सिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा स्थित मन्दिरको प्राङ्गणमा फागुन २४ गतेदेखि २८ गतेसम्म चल्ने ‘प्रथम सिद्धेश्वरी महाशिवरात्री साँस्कृतिक मेला–२०८०’ को बिहिबार उद्घाटन गरीएको हो ।

‘धर्म र परम्परा हाम्रो संस्कार, संस्कृतीको संरक्षण गरौं, शिवरात्री पर्व भव्यताका साथ मनाऔं’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको साँस्कृतिक मेलाको बिहिवार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गरेका छन ।

सिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज भण्डारीको अध्यक्षतामा भएका कार्यक्रममा प्रमुख अतिथी राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले यस क्षेत्रको धार्मिक, पर्यटन प्रवद्धन विकासका लागि शिद्धेश्वर शिव मन्दिरमा स्थानिय सरकारको तर्फबाट आगामी दिनमा नितीगत रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष विष्टले भने ‘हाम्रा धेरै कला संस्कृतीहरु छन्, ती कला संस्कृतीलाई पछिल्लो समय गलत तरिकाले व्याख्या गरिएका छन्, त्यसलाई करेक्सन गदै जानु पर्छ ।’

सिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज भण्डारीले अपार सम्भावन रहेर पनि ओझेलमा परेको मन्दिरको प्रचार प्रसारको लागि महाशिवरात्रीको अवसार पारेर साँस्कृतिक मेलाको आयोजना गरिएको बताए ।

उद्घाटन कार्यक्रमलाई राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, वडा नं. १ का वडाध्यक्ष गेमे खड्का, भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हस्त बहादुर गुरुङ्ग सम्वोधन गरेक थिए ।

साँस्कृतिक मेला अवधीभर ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहनुको साथै साँस्कृतिक मेला अवधीभर खुल्ला नृत्य प्रतियोगिता पाखापानी डान्स आइडल समेत हुने छ । पाखापानी डान्स आइडलमा प्रथम हुनेलाई नगद १५ हजार र म्युजिक भिडियोमा खेल्ने अवसर दिइनेछ भने दोसो हुनेलाई नगद १० हजार र तेस्रो हुनेलाई ५ हजार पुरस्कारको व्यवस्था समेत गरीएको छ ।

मेला अवधिभर न्यु डान्स क्रियशन ग्रुप लालमटियाको बेजोड प्रस्तुती समेत रहने छ । साँस्कृतीक मेला फागुन २४ गतेदेखि २८ गतेसम्म ५ दिन चल्ने छ ।

सचिवालय सदस्य कृष्णराज पौडेलको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बासुदेव न्यौपानेले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation