राप्ती आधारभूत अस्पताल सिसहनियाँबाट सेवा दिने गरि नयाँ एम्बुलेन्स सञ्चालनमा

देउखुरी । दाङ – देउखुरीको राप्ती गाउँपालिका वडा नं.५ सिसहनियाँमा रहेको राप्ती आधारभूत अस्पताल (सिसहिनियाँ स्वास्थ्य चाैकी) बाट सेवा दिने गरि नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।

एम्बुलेन्सकाे शुक्रबार विधिवत रुपमा उद्घाटन गरी सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकाे २० लाख रुपैयाँ लागतमा साे एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले जानकारी दिनुभयो ।

ख वर्ग अन्तर्गतको उक्त एम्बुलेन्समा प्राथमिक उपचारकाे लागि उपकरण समेत व्यवस्था रहेको छ ।

एम्बुलेन्सले राप्ती गाउँपालिका सहित छिमेकी गाउँपालिकाबासीलाई समेत सहज रुपमा सेवा प्रदान गर्ने बताइएको छ ।

आफु निर्वाचित भएदेखी नै निरन्तर रुपमा एम्बुलेन्सको माग गर्दै आएकोमा अहिले एम्बुलेन्स प्राप्त गर्न सफल भएको बताउदै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिका बासीलाई सहज रुपमा ऐम्बुलेन्सकाे सेवा लिन आग्रह समेत गर्नुभएको छ ।

पहिले उक्त अस्पतालबाट सेवा प्रदान गर्दै आएको एम्बुलेन्सलाई हाल ८० वर्ष देखि माथि उमेर समूहका जेष्ठ नागरिकहरु सँगै क र ख वर्गका अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला, सवारी दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई पालिका क्षेत्र भित्र नि:शुल्क सेवा दिने गरि सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation