सोमवार, कार्तिक २५, २०८२

दाङको राप्ती गाउँपालिकाद्वारा शहिद परिवारलाई सम्मान

देउखुरी ३० फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ ।

गाउँपालिकाले मंगलबार आफ्नो आठौं स्थापना दिवसको अवसर पारी विभिन्न संघर्ष एवं परिवर्तनका आन्दोलनमा गाउँपालिका क्षेत्रबाट सरिक हुने क्रममा सहिद भएका ३१ जना सहिद परिवारका सदस्यलाई सम्मान गरेको हो ।

पालिकाले उनीहरूलाई प्रतिव्यक्ति नगद २ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरि सम्मान गरिएकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

त्यस्तै उहाँले सहिदहरुको योगदानको कदर गर्दै पालिकाकाे तर्फबाट सम्मान गरिएकाे बताउनुभयो ।

आगामी दिनहरूमा सहिद, घाईते र बेपत्ताका परिवारलाई आश्रित गराउने खालको कार्यक्रम ल्याउने बताउदै अध्यक्ष विष्टले उनीहरूकाे थप व्यवस्थापनका लागि प्रदेश सरकार तथा संघीय सरकारसँग पनि पहल गर्ने समेत बताउनुभयो ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले सहिद परिवारलाई राज्यले अपनत्व महसुस गर्दै सम्मान गरेको बताउनुभयाे ।

उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयाे ।

यस्तै सम्मानित हुने सहिद परिवारका सदस्यहरूले स्थानीय सरकारले सहिद परिवारलाई सम्झेर सम्मान गरेको प्रति खुसी व्यक्त गर्दै शहिदहरुकाे सपना पूरा गर्न सबैकाे ध्यान जानुपर्ने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation