बिहिबार, माघ २३, २०८२

गढवाको बाकीमा १५ दिने नि:शुल्क ढकिया बुनाई तालिम सुरु

गढवा ४ चैत्र । गढवाको बाकीमा १५ दिने नि:शुल्क ढकिया बुनाई तालिम आज आइतबार देखि सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ ।

गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा ५ नम्बर ५ को आयोजनामा १५ दिने तालिम सुरु भएको हो । तालिमको प्रशिक्षकमा गढवा गाउँपालिका वडा नम्बर ५ सिकेको सीपलाई थप प्रवर्द्धन गर्न निरन्तर रुपमा लाग्न र आगामी दिनमा स्तर वृद्धिका लागि योजनासहित बजेट सुनिश्चित गर्न आफुु प्रतिवद्ध रहेको बताउनुभयो । तालिम सिकेर काम लाई निरन्तरता नदिए अन्य कुनैपनि तालिममा सहभागी हुन नपाउने हिसावले पालिकाले सोच बनाईरहेको बताउनुभयो । तालिम लिने काम नगर्ने यो तरिकाले तालिम उपलब्धिमुलक नहुने बताउदै उपाध्यक्ष चौधरीले सिकेको कुरा लाई व्यवसायीक रुपमा व्यवहारमा लागु गर्न सहभागी सबैलाई अनुरोध गर्दै १५ दिन सम्म निरन्तर तालिममा सहभागी हुन अनुरोध समेत गर्नु भयो ।

तालिममा २५ जना सहभागीहरुले तालिम लिने छन ।

१५ दिने दिने नि:शुल्क ढकिया बुनाई तालिमको उद्घाटन कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा, वडा सदस्यहरु निर्मला परियार, खिमा डाँगी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्द, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक लगायतका सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण ५ नम्बर वडा सचिव नविन कुमार सिंहले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation