देउखुरी । देउखुरीको कौडिया पुलमा बस र म्याजिक जीप एक आपसमा ठोक्किएर दुुर्घटना भएको छ । दिउसो १ बजेको समयमाबसले म्याजिक जीपलाई लमही नगरपालिका २, कौडियापुलमा ठक्कर दिंदा तीन जना गम्भीर घाइते भएका छन् ।
लमही देखि भालुवाङ तर्फ जाँदै गरेको रा १ ज ८१८ नम्बरको म्याजिक जिपलाई काठमाडौँ देखि सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बसले कोडियामा ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बसको ठक्करबाट म्याजिक जीपमा सवार तीन जना गम्भीर घाईते भएको घन् । घाईते हुनेमा राप्ती गाउँपालिका ५, सिसहनियाँ निवासी बर्ष ७८ का बिनाराम बेल्बासे, उनकी श्रीमती बर्ष ६७ की मोती बेल्बासे र राप्ती गाउँपालिका ३, मसुरिया निवासी बर्ष ३७ का चिन्तामणि घर्ती गम्भीर घाईते भएका प्रहरी जनाएको छ ।
जीप चालक राप्ती गाउँपालिका ५, लठ्ठहवा निवासी बर्ष ४० का थम्मन थापालाई भने समान्य चोटपटक लागेको छ । उनको लमही अस्पतालमा उपचार भईरहेको छ । तीब्र गति रहेको बसले ओभरट्याग गर्ने क्रममा जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।











