सोमवार, कार्तिक २५, २०८२

राजपुरको मुगरेठाखोलामा आगलागी, सुनदेखि नुन सम्म जलेर नष्ट

गढवा ६ चैत्र । राजपुर गाउँपालिका वडा नम्बर ४ मुगरेठाखोलामा मंगलवार सांझ भिषण आगलागी भएको छ ।

आगलागीबाट करिब ४ लाख ७३ हजार बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो ।

आज मंगलवार सांझ ४ बजेर ५० मिनेटमा राजपुर गाउँपालिका वडा नम्बर ४ मुगरेठाखोला बस्ने खिमराज साहुको १ तले कच्चीघरमा आगलागी हुदा उक्त आगो नजिकै कच्चीगोठ, छिमेकी निर्मला भण्डारीको १ तले कच्चीघर, झुपलाल रानाको कच्ची गोठमा आगो सल्कन गई आगलागी भएको हो । आगलागीबाट सुनदेखि नुन सम्म जेलेर नष्ट भएको छ ।

आगलागी भएको जानकारी पाउनसाथ गढवा गाउँपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी टोली आगलागी स्थल पुगी दमकल, प्रहरी जवान र स्थानीयहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिईएको ईप्रका गढवा प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीको नेतृत्वमा ७ जना प्रहरी टोली र प्रहरी चौकी चगुवाबाट प्रहरी सहायक निरीक्षक शत्रुधन उपाध्यायको कमाण्डमा ४ जना प्रहरी टोलीले आगलागी स्थल पुगी आगलागी नियन्त्रण तथा घटनाको क्षती विवरण तयार पारेको बताईएको छ ।

आगलागीबाट राजपुर गाउँपालिका वडा नम्बर ४ मुगरेठाखोला बस्ने खिमराज साहुको १ तले कच्चीघर र कच्ची गोठ जली पुर्ण रुपमा नष्ट भएको छ भने घरमा राखिएको नगद ६० हजार रुपैयाँ जलेर नष्ट भएको छ । त्यसैगरी अन्दाजी ५८ हजार रुपैयाँ बराबरको ८ आना सुनको तलहरी समेत जलेर नष्ट भएको खिमराज साहुले प्रहरीलाई जानकारी दिनु भएको छ । त्यसैगरी अन्नापात,लत्तकपडा र १ वटा बाख्रा जलेर मृत्यु भएको प्रहरीको भनाई छ ।

त्यसैगरी आगलागीबाट राजपुर गाउँपालिका वडा नम्बर ४ मुगरेठाखोला बस्ने निर्मला भण्डारीको कच्ची घर र कच्ची गोठ गरी जली पुर्ण रुपमा नष्ट भएको छ भने घरमा राखिएको ८० हजार नगद जलेर नष्ट भएको छ। आगलागीबाट अन्नापात, लत्ताकपडा, भाडावर्तन र ४ वटा बाख्राको पाठा जलेर मृत्यु भएको छ ।

त्यसैगरी आगलागीबाट राजपुर गाउँपालिका वडा नम्बर ४ मुगरेठाखोला बस्ने झुपलाल रानाको १ तले कच्ची गोठ जलेर नष्ट भएको छ। आगलागीबाट गोठमा राखिएका काठ लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो ।

आगलागीबाट खिमराज साहुको अन्दाजी २ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यसैगरी निर्मला भण्डारीको अन्दाजी १ लाख ८८ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने झुपलाल रानाको अन्दाजी ४० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation