राप्तीमा उद्यमशीलता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु

देउखुरी १३ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकामा दुई दिने उद्धमशीलता सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि सुरु भएको छ ।

गाउँपालिकाले बेरोजगार युवा तथा महिलाहरुलाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरि उद्धमी बनाउने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हाे ।

राप्ती गाउँपालिकाकाे आयोजना तथा तेजश्री प्राविधिक शिक्षालयकाे प्राविधिक सहयोगमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाले बेरोजगार युवा तथा महिलाहरुलाई उद्धमशीलता सम्बन्धी तालिम प्रदान गरि उद्धमी बनाई राेजगारीकाे अवस्था सिर्जना गर्ने उदेश्य राखेको बताउनुभयो ।

सफल उद्धमी बन्न सकारात्मक साेच,कडा परिश्रम र आत्मविश्वास सँगै धैर्यता पनि हुनुपर्ने अध्यक्ष विष्टले विष्टको भनाइ रहेको थियो ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले उद्धमशीलता सम्बन्धी आवेदन दिएका व्यक्तिहरुलाई अभिमुखीकरण कार्यक्रम पश्चात् तत्काल उद्धमशीलता सम्बन्धी तालिम प्रदान गरिने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले गाउँपालिकाले उद्धमशीलता कार्यक्रम सञ्चालन गर्नका लागि कार्यविधि समेत निर्माण गरेको बताउनुभयो ।

करिब ३ सय जना युवा तथा महिलाहरुकाे सहभागिता रहेको अभिमुखीकरण कार्यक्रमकाे प्रशिक्षकहरुमा राष्ट्रिय युवा परिषद्का सदस्य तथा आईएलओ प्रशिक्षक सन्दिप सापकोटा र पुष्पराज अधिकारी रहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation