बिहिबार, माघ २३, २०८२

राप्तीमा मुक्त कमैया पुनस्थापना कार्यविधि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

देउखुरी २७ चैत । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाकाे आयोजना तथा कमैया महिला जागरण समाज नेपालकाे सहकार्यमा मुक्त कमैया पुनस्थापना कार्यविधि सम्बन्धि सराेकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम साेमबार सम्पन्न भएको छ ।

कमैया महिला जागरण समाज नेपालकी केन्द्रीय अध्यक्ष बीरुणी थारुकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा राप्ती गाउँपालिकाकाे सभाहल मसुरीयामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा सहभागीहरुले देशमा व्यवस्था परिवर्तन भएतापनि मुक्त कमैयाहरुको हालसम्म अवस्था परिवर्तन हुन नसकेको गुनासो गरेका थिए ।

उनीहरूले २०७५ सालमा पुनस्थापना सम्बन्धि काम रोकिए पश्चात हाल देशमा तीन तहको सरकार हुँदा अब मुक्त कमैयाहरुको पुनस्थापना सम्बन्धि हेर्ने निकाय कुन हो भनि प्रश्न समेत गरेका थिए ।

हाल सम्म पनि धेरै जस्तो मुक्त कमैयाहरु पुनर्स्थापित हुन नसकेको र पुनर्स्थापित भएकाहरुकाे पनि प्रया जस्तो भूमी स्वामित्वमा हक प्राप्त नहुदा समस्या भएको बताएका थिए ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी र विभिन्न वडाका वडा अध्यक्षहरुले मुक्त कमैयाहरुकाे समस्या प्रति आफूहरू गम्भीर रहेको बताउदै मुक्त कमैयाहरुकाे समस्या समाधान गर्न स्थानीय सरकार प्रतिबद्ध रहेकाे बताउनुभएको थियो ।

त्यस्तै उहाँहरुले मुक्त कमैयाहरुकाे समस्या समाधान गर्न पालिकाले छिट्टै कार्यविधि बनाएर कार्यनयन गर्ने याेजनामा रहेको बताउनुभयो ।

साे अवसरमा फ्रिडम फनका कानुनी सल्लाहकार बालाराम भट्टराईले मुक्त कमैया पुनस्थापना सम्बन्धि तयार पारिएको कार्यविधि प्रस्तुत गर्नु भएको थियो ।

राप्ती गाउँपालिकामा मात्रै करिब ८ सय १५ जना छुट कमैया रहेको मुक्त कमैया समाजका दाङ जिल्ला अध्यक्ष हरिस चन्द्र चाैधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, कार्यपालिका सदस्य पार्वती सुवेदी, पत्रकार ओम प्रकाश गुप्ता लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

कमैया महिला जागरण समाज नेपालका परियोजना अधिकृत राजेन्द्र थारुकाे विषय प्रवेश बाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, सञ्चारकर्मी, मुक्त कमैया समाजका प्रतिनिधिहरुकाे सहभागीता रहेको थियो ।

कार्यक्रमकाे सहजीकरण मुक्त कमैया समाजका दाङ जिल्ला अध्यक्ष हरिस चन्द्र चाैधरीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation