सोमवार, कार्तिक २५, २०८२

राष्ट्रिय संगितकर्मी संघ लमही नगरको २० सदस्यिय समिती गठन

भालुबाङ १ बैशाख । लमही राष्ट्रिय संगितकर्मी संघ लमही नगरको अध्यक्षमा सुरेश पन्थी र कोषाध्यक्षमा देनेस रैदास निर्विरोध विजयी भएको छन । शनिबार दाङ्ग जिल्लाको लमहीमा आयोजित प्रथम अधिवेशन, साँस्कृतिक तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमबाट निर्विरोध निर्वाचित भएका हुन ।

दाङ्ग जिल्लाकै छोटो समयमा भिडियाेग्राफी तथा फोटोग्राफरमा छुट्टै पहिचान बनाउन सफल उनै पन्थी र रैदास‘संघर्ष नै जीवन हो’ भन्ने भावना सहीत अगाडी बढेका राष्ट्रिय संगितकर्मी संघको नेतृत्वमा विजय हासिल गर्नु भएको छ ।

प्रथम अधिवेशनबाट सुरेश पन्थीको अध्यक्षतामा १९ सदस्यिय नगर कार्यसमिति समेत गठन भएको छ । पन्थीले समपूर्ण कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्न भएकाे थियाे ।

लमही नगरको अध्यक्षमा पन्थीको नेतृत्वमा वरिष्ट उपाध्यक्ष सुवास विश्वकर्मा, उपाध्यक्ष् लक्ष्मन चौधरी, महिला उपाध्यक्ष शोभा क्षेत्री, सचिव विश्वज्ञान क्षेत्रि, सहसचिव अञ्जना नेपाली र कोषाध्यक्षमा देनेश रैदास र प्रवक्ता प्रवेश पन्थी निर्विरोध चयन भएका छन ।

त्यसैगरी सदयमा चाहाना थापा, अस्मिता मगर, अञ्जना नेपाली, अर्चना नेपाली, अनिता डाँगी, अनिता न्यौपाने, स्मृति पुन मगर, स्मृति केसी, पोषण भण्डारी, सुजल पन्थी, युनिशा आचार्य र सरिता बुढा मगर लगायत सदस्यमा चयन भएका छन ।

राष्ट्रिय संगितकर्मी संघ लमही नगरको प्रेस सल्लाहकारमा मेगमन बुढा र सल्लाहकारमा योगेन दाहाल, भानु जोशी र निमबहादुर थापालाई चयन गरिएको छ ।

अधिवेशन राष्ट्रिय संगितकर्मी संघ दाङका अध्यक्ष श्रीधर कँडेलको अध्यक्षता, संघकै लुम्विनी प्रदेश उपाध्यक्ष उषा दसौतीको प्रमुख अतिथि र सन्चालन जिल्ला सचिव भिम बहादुर ओलीले गर्नु भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation