राप्तीमा दुई महिने ईलेक्ट्रीक अप्लाइन्स् मर्मत तालिम सुरु

देउखुरी ३ वैशाख । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाका बेरोजगार युवाहरुलाई सीप प्रदान गरि स्वराेजगार बनाउने उदेश्यले साेमबार देखि दुई महिने (३५० घण्टे सिप परिक्षण समेत) ईलेक्ट्रीक अप्लाइन्स् मर्मत तालिम सुरु भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा राप्ती गाउँपालिकाकाे समन्वयमा पालिकाकाे वडा नम्बर ८ पिपरीमा तालिम सुरु भएको हाे ।

घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालय प्रमुख युवराज न्याैपानेकाे अध्यक्ष तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङको विशिष्ट आतिथ्यतामा एक कार्यक्रमका बीच तालिम उद्घाटन गरिएको छ ।

तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बेरोजगार युवाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले हातमा सीप भए जुनसुकै ठाउँमा पनि राेजगारी प्राप्त गर्न सकिने बताउदै आत्मनिर्भर बन्न सीप अपरिहार्य रहेको बताउनुभयो ।

त्यस्तै राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले तालिम युवाहरूको लागि सीप सिकेर आत्मनिर्भर बन्ने सुनाैलाे अवसर भएकाे बताउँदै सहभागीहरुलाई तालिम अवधिभर नियमित रुपमा सहभागी हुन आग्रह गर्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालय प्रमुख युवराज न्याैपानेले युवाहरुलाई लक्षित गरि कार्यालयले विभिन्न तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

गाउँपालिकाका विभिन्न वडाका २० जना युवाहरुकाे सहभागीता रहेको तालिमको प्रशिक्षकमा विशाल अर्याल रहनुभएकाे छ ।

तालिम उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय दाङका सुचना अधिकारी गाेपाल पाैडेल, राप्ती गाउँपालिकाकी उद्यम विकास सहजकर्ता बीनिता चाैधरी लगायतको सहभागीता रहेको थियो, भने कार्यक्रमकाे सहजीकरण घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्यम विकास सहजकर्ता अनिल चाैधरीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation