लुम्बिनीमा जसपा नेपालद्वारा सरकारलाई दिएकाे समर्थन फिर्ता

भालुवाङ ९ असार । लुम्बिनीमा जनता समाजबादी पार्टी नेपालले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ । उपेन्द्र यादव नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं प्रतिपक्षमा बस्ने निर्णय समेत गरेको हो ।

पार्टीले दिएको निर्णय कार्यान्वयन गर्दे प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनता समाजवादी पार्टी नेपालकी प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिनुभयाे । यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका दुईजना प्रदेश सभा सदस्यमध्ये भण्डारीललाल अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोजेका थिए । अहिर प्रदेश सरकारका कृषि मन्त्री छन् । यद्यपी उक्त दलबारे सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation