धारपानीमा सञ्चालित श्रृङ्गारिक महायज्ञमा सहयाेग गर्ने सवैलाइ धन्यवाद

दाङ १ साउन । दाङकाे धारपानीमा साउन महिनाभर सञ्चालन भएकाेश्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरतीमा सफलतापुर्बक सम्पन्न भएकाे छ ।

पाण्डवेश्वर महादेव मन्दिरकाे प्रचारप्रसार तथा धार्मिक जागरणका लागि साउन २ गतेदेखी ३२ गते सम्म सञ्चालित महायज्ञ तथा महाआरती सफलतापूर्वक सम्पन्न भएकाे मन्दिर व्यवस्थापन समितिले जानकारी दिएकाे छ ।

समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले शनिवार एक बिज्ञप्ति जारी गरी पाण्डवेश्वर महादेव मन्दिरकाे प्रचारप्रसार, विकास तथा धार्मिक जागरणका लागि आयाेजित श्रृङ्गारिक महायज्ञ तथा महाआरतिमा गंगा आरति, सवा कराेड दिप प्रज्वलन, भजनकृतन तथा अन्य धार्मिक कार्य गरिएको जानकारी दिनुभयाे ।

साथै विज्ञप्तिमा महायज्ञ सफल बनाउन सहयाेग गर्ने सवैमा धन्यवाद दिईएकाे छ ।

सवै दाताहरू, भक्तजन, प्रहरी प्रशासन, विभिन्न सरकारी तथा सामाजिक संघसंस्था, उद्योगी व्यवसायी, पत्रकार, राजनितिक दल, धार्मिक संस्थाहरू, नागरिक समाज, पण्डित काेमल उपाध्याय लगायत उहाँको टिम, कलाकार, मुल आयाेजक तथा विभिन्न उपसमितिकाे साथ र सहयाेगमा महायज्ञ तथा महाआरति सफल भएकाले सवैलाई धन्यवाद दिइएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation