राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

देउखुरी २ भदौ । राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको अध्यक्षमा पुन हरी खड्का चयन भएका छन ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका अन्तरगत राप्ती गाउँपालिकामा अवस्थित राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले खड्कालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिवेशनले खड्काको नेतृत्वमा ११ नयाँ कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा नविन शाही, उपाध्यक्षमा कमल खनाल, महासचिवमा गोपाल पोख्रेल, सचिवमा मोहन आचार्य, कोषाध्यक्षमा दोर्ण आचार्यलाई रहेका छन् । त्यसैगरी सदस्यहरुमा विष्णु वोहरा, जागृत भुसाल, शुनिल चौधरी, सञ्जय शर्मा र शिशिर घिमिरे चयन भएका निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए ।

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक न्यौपानेले सपथ गराएका थिए भने संघका बरिष्ठ सल्लाहकार जगत प्रसाद पोख्रेलले टिका तथा खादा लगाइदिएका थिए ।

पाखापानी स्थित शिद्धेश्वर मन्दिरमा संघका अध्यक्ष हरी खड्काको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष गेमे खड्काको प्रमुख आतिथ्यतामा दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको थियो ।

बरिष्ठ उपाध्यक्ष नविन शाहीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सत्रमा व्यवसायी जगत प्रसाल पोख्रेल, संघका प्रेस संयोजक तथा रोटरी क्लव अफ राप्ती सस्थापक अध्यक्ष बासुदेव न्यौपाने, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, भालुवाङ खानेपानी तथा सरसफाइ उपभोक्त समितिका अध्यक्ष हस्त बहादुर गुरुङ, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख अम्मर बहादुर माझी, नेपाल मोवाइल व्यवसायी महासंघ जिल्ला अध्यक्ष शालिकराम खनाल, लुम्बिनी प्रदेश सदस्य शेषनारायण शर्मा, केन्द्रिय उपाध्यक्ष दिपक पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाले अध्यक्ष हरी खड्का, कोषध्यक्ष दोर्ण आचार्यले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन र महासचिवको सांघठनिक प्रतिवेदन सर्वसम्मतले पारित गरेका छ । उद्घाटन सत्रका सहजिकरण संघका सदस्य अशोक बेल्वासेले गरेका थिए भने बन्द सत्रको सहजिकरण निर्वाचन संयोजक बासुदेव न्यौपानेले गरेका थिए ।

२ वर्ष अघि व्यवसायीहरुको हक हितका लागि स्थापना भएको संघले विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation