सिपी नेपालद्वारा राप्ती गाउँपालिकालाई ५ लाख बराबरको राहत सामाग्री प्रदान

क्रियटिङ पोसिविलिटिज नेपाल (सिपी नेपाल) ले
राप्ती गाउँपालिकालाई शुक्रबार ५ लाख बराबरको राहत सामग्री प्रदान गरेको छ ।

बाढीबाट अति प्रभावित परिवार ५० घरपरिवारलाई एकद्वार प्रणाली मार्फत राहत उपलब्ध गराउँन सिपी नेपालले २५ केजीको १०० बोरा चामल, दाल ५० केजी, नुन ५० केजी, तेल ५० लिटर, बल्याङकेट ५० सेट, भाडा ५० सेट हस्तान्तरण गरेको छ ।

उक्त राहत सामाग्री राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट र उपाध्यक्ष कमलापती चौधरीको रोहबरमा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। सो संस्थाका दिपा चौधरी लगायतकाे टिमले राप्ती गाउँपालिकामा आई पालिका अध्यक्ष बिष्टलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

गत असोज २० गते आएको बाढीले राप्ती गाउँपालिकामा १ सय २० घरमा पुर्ण रूपमा क्षति पुगेको छ भने ४ सय ९० घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation