लुम्बिनी युवा परिषद विकास समितिको बैठक, चालु आर्थिक बर्षको बजेट स्वीकृत गर्ने निर्णय

दाङ ४ असोज । लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।

मुख्यमन्त्री तथा युवा परिषद विकास समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न बैठकले चालु आर्थिक बर्ष २०८१/०८२ को लागि प्रदेश युवा परिषद् समितिको प्रस्तावित बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।

चालु आर्थिक बर्षमा युवा परिषदको लागि एक करोड बजेट विनियोजन गरिएको थियो । ससर्त पुजीगत तर्फ ५९ लाख र कार्यक्रम तर्फ ४१ लखको बजेट स्वीकृत गरेको हो । बैठकले युवा परिषद समितिको हाल बुटवलमा रहेको कार्यालय लुम्बिनी प्रदेशको राजधानी क्षेत्रभित्र स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले युवाहरुलाई उद्यम, सचेतना तथा साइवर सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रक केन्द्रित गर्न निर्देशन दिनु भएको छ ।‘युवाहरुको समस्याको पहिचान गरेर समाधानका लागि योजना निर्माण गर्न जरुरी छ’उहाँले भन्नुभयो,‘युवालाई आकर्षीत गर्ने, भविस्य प्रति आशा जगाउनेगरी काम गर्न जरुरी छ । यसैप्रकारका योजनाहरु बनाएर अघि बढ्नुपर्छ ।’

युवा परिषदले युवाहरुलाई साइवर सुरक्षा सम्वन्धि तालिम प्रदान गर्ने,  सिमान्तकृत समुदायका युवालाई लक्षित गरेर अटो रिक्सा मर्मत तालिम, नमुना युवा संसद, लागु औषध तथा दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम, लुम्बिनी प्रदेशमा युवाको अवस्था अध्ययन तथा विश्लेषण गर्ने, युवा पिस कन्फ्रेन्स कार्यक्रम गर्ने, युवा उद्योग बाणिज्य संघ संग सहकार्य तथा अन्रक्रिया गर्ने, स्थानीय तहमा युवा परिषद गठनका लागि सहजीकरण गर्ने बिषय समेटिएको छ ।

बैठकमा युवा परिषदका उपाध्यक्ष हंसराज खनाल, प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव विनोदकुमार खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कँडेल लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation