पत्रकार गुप्ताले मनाए निलसागरमा जन्म दिन

देउखुरी २२ असोज । देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले आफ्नो ३८ औं जन्म दिन रचनात्मक कार्य गरेर मनाएका छन ।

जन्म दिनका अवसरमा गुप्ताले राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका सडक आश्रित आमाबुवाहरुलाई फलफूल प्रदान गरेका छन् । आश्रममा गएर गुप्ताले फलफूल  प्रदान गरेर आर्शिवाद लिएका छन ।

जन्मदिनमा केक काट्ने, पाटी गर्ने तथा फजुल खर्च गर्ने संस्कारलाई चुनौती दिदै पत्रकार गुप्ताले आफ्नो जन्मदिनको अवसरमा रचनात्मक कार्य अन्तर्गत सडक आश्रित मानवहरू सँग जन्म दिन मनाउन निल सागर सेवा आश्रम मै पुगेर फलफूल प्रदान गरेका हुन् । जन्मदिनमा केक काट्नु, पाटी गर्नु तथा फजुल खर्च गरेर जन्मदिन मनाउने हाम्रो संस्कार होइन, पत्रकार गुप्ताले भने । हामीले जन्मदिन जस्ता पबित्र कार्यहरुमा यस्ता अनाथ, असाहयहरु बस्ने आश्रमहरुलाई सहयोग गर्नु नै सच्चा धर्म भएको बताए । साथै उनले अरुलाई पनि यसरी नै जन्मदिन मनाउन सुझाब दिए । जसले समाज र नयाँ पुस्तामा समेत यस्तो संस्कारको सन्देश पुग्ने पत्रकार गुप्ताले बताए ।

यस्तै पत्रकार गुप्ताको जन्मदिनका अवसरमा शुभकामना दिन निलसागर सेवा आश्रम पुगेका उनका भाई सन्तोष कुमार गुप्ता पनि निलसागर सेवा आश्रम पुगेका थिए । साथै आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चाैधरीले पत्रकारिता र समाजसेवा प्रति थप लगाब बढ्दै जाओस् र पत्रकारिताले नेपाली समाज र राजनीतिलाई सही दिशानिर्देश गर्ने गरी कलम चलाउन थप प्रेरणा र उर्जा मिलोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

पत्रकार गुप्ताले प्रत्येक बर्ष असोज २२ गते आफ्नो जन्मदिनमा निलसागर सेवा आश्रमलाई सहयोग गर्दै आएका छन् । त्यस्तै उनले जन्मदिनका दिन अन्य रचनात्मक काम समेत गर्दै आएका छन् ।  वि.सं. २०४३ साल असोज २२ गते आज कै दिन बुवा जगप्रसाद गुप्ता र आमा कृष्णकुमारी भट्टराई (गुप्ता) को माइला सन्तान हुन् । बिगत २० बर्ष देखि देउखुरी क्षेत्रलाई कर्मथलो बनाउँदै उनले निरन्तर पत्रकारिता गर्दै आएका छन ।

उनी हाल दाङ देउखुरीको भालुवाङमा प्रधानकार्यालय रहेको देउखुरी टुडे डटकमको कार्यकारी  सम्पादक, तिलोत्तमा टेलिभिजन, रेडियो लुम्बिनी, जि नेपाल ४ के टेलिभिजन, रेडियो प्रकृति, गणतन्त्र राष्ट्रिय लगायतका विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत रहेका छन ।

त्यस्तै पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ दाङ शाखाको साधारण सदस्य, प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश सदस्य, राप्ती प्रेस मञ्चको महासचिव समेत हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation