बलात्कारी तत्काल पत्ता लगाई कारबाही गर्न नेकपा माओवादी केन्द्र राप्तीको माग

भालुबाङ ६ कार्तिक । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले गत असाेज २४ गते राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी ८ वर्षीया नाबालिकामाथि भएको बलात्कार घटनामा संलग्न दाेषीलाई तत्काल पक्राउ गरि कानुन अनुसार कार्वाही गर्न माग गरेको छ ।

मंगलबार कमिटीका अध्यक्ष नारायण प्रसाद शर्मा र सचिव वसन्त नेपालीले एक प्रेस विज्ञप्ति जारी गर्दै घटना सार्वजनिक भएको १३ दिन बितिसक्दा पनि प्रशासनले दोषी पत्ता लगाई कानून अनुसार कार्वाही गर्न नसकेको विषय प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख्य गर्नु भएको छ ।

त्यस्तै विज्ञप्तिमा घटना अत्यन्त निन्दनीय र दुःखद भन्दै सुरक्षाका लागि संवेदनशील क्षेत्र मानिने भालुवाङमा यस्तो जघन्य अपराध हुनु र दोषी सार्वजनिक गर्न नसक्नुले जनताको राज्यप्रतिको विश्वास गुम्दै गएको उल्लेख गरिएकाे छ ।

“यसअघि माओवादी केन्द्रले पार्टीका विभिन्न भातृ संगठन र जनवर्गीय मोर्चाहरुलाई आन्तरिक निर्देशनमार्फत पीडितलाई न्याय दिलाउन सक्रियताका साथ लाग्न र दोषीलाई सार्वजनिक गर्न दबाब दिन आग्रह गरेको थियो तर लामो समयसम्म पनि दोषीलाई पत्ता लगाउन नसकिएको प्रति पार्टीले गहिरो असन्तोष व्यक्त गरेको छ ।”- विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आन्दोलनरत सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिँदै यो अभियानमा पार्टीको ऐक्यबद्धता रहेको समेत बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation