मङ्लबार, माघ २१, २०८२

घण्टदेव सामुदायिक वनको १८औं साधारणसभा सम्पन्न

देउखुरी । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका ३ मसुरियामा रहेको श्री घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको १८औं साधारण सभा सोमबार सामुदायिक वन उपभोक्ता जमुहको कार्यालय मसुरियामा सम्पन्न भएको छ ।

घण्टदेव सामुदायिक वनका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता तथा डिभिजन वन कार्यालय लमहिका सिनियर डिभिज्नल अधिकृत महेन्द्र राज वाग्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आर्थिक प्रतीवेदन घण्टदेव सामुदायिक वनका कोषाध्यक्ष भान बहादुर घर्ती तथा बार्षिक प्रतीवेदन उपाध्यक्ष टेक बहादुर गिरिले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको अवसरमा घन्टदेव सा.व.उ.सका पूर्वअध्यक्ष धर्मराज अधिकारी, दाङ्ग जिल्ला वन महासंघका अध्यक्ष हरि भुसाल, राप्ती वन महासंघ अध्यक्ष दल बहादुर घर्ति मगर, सिरीचौर खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष तुला गिरि, घण्टदेव सा.व. पूर्व अध्यक्ष तथा तत्कालीन बरिस्ठ सल्लाहकार किरण भण्डारी, राप्ती बन महासंघका अध्यक्ष दल बहादुर घर्ती, गौरीमाया घर्ति, शिक्षक संगठनका दाङ जिल्ला अध्यक्ष धनिराम घर्तीमगर, ने.क.पा माओवादी विप्लवका छविराम घर्ती, रास्वपाका पालिका संयोजक दोर्ण जि सि, ने.क.पा बिप्लब पार्टीका विधार्थी संगठनका पूर्व अध्यक्ष प्रकास साही लगाएतले आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, विभिन्न राजनितीक दलका प्रतिनिधि, पत्रकार लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

लक्ष्मी रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कोषाध्यक्ष भान बहादुर गर्तीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation