सिसहनियाँ १४ कार्तिक । जन्मदिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटी पछिल्ला दिनहरुमा व्यापक पाईन्छ । तर राप्ती गाउँपालिका -२ लालमटिया घर भई हाल दाङको राप्ती गाउँपालिकाकाे कार्यालय मसुरियामा कार्यरत आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले भने फरक तरिकाले आफ्नो जन्म दिन मनाउनु भएको छ ।
आचार्यले आफ्नो ४०औं जन्मदिनकाे अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममाकाे व्यवस्थाकाे लागि ५ हजार १ सय रुपैयाँ सहित फलफूल प्रदान गर्नु भएको हाे ।
आचार्य जन्मदिनको अवसरमा सहयोग गर्न बुधबार बिहानै परिवार सँगै आश्रमा पुग्नु भएको थियो ।
फजुल खर्च भन्दा मानव सेवामा सकेको सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनु पर्ने धारणाका साथ आफुले जन्म दिनकाे अवसरमा आश्रमलाई उक्त रकम सहयोग गरेकाे आचार्यले बताउनुभयाे ।
त्यस्तै आश्रमका कार्यवाहक अध्यक्ष गरिबु थारुले मानव सेवामा सहयोग गर्ने कार्य अति पुन्य कार्य भएकोे बताउँदै आगामी दिनमा अझै राष्ट्र र जनताको सेवा गर्ने सेवाभावकाे विकास हुँदै जाओस् भन्दै शुभकामना सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
आचार्यले विगतका वर्षहरूका जन्मदिनमा पनि विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्दै आइरहनु भएको छ ।











