राप्ती गाउँपालिकाद्वारा प्लास्टिकका माला निषेध : बजार अनुगमन सुरु

भालुबाङ १४ कार्तिक । दाङको राप्ती गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने प्राकृतिक पुष्प प्रयोगमा जोड दिदै प्लास्टिकका फूल मालामा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरे सँगै बजार अनुगमन थालेको छ ।

गाउँपालिकाले मंगलबार र बुधबार भालुबाङ, पाखापानी, लालमटिया, माैरीघाट, पिपरी, सिसहनियाँ र पत्थरगढवा बजार क्षेत्रको अनुगमन गरेको हाे ।

अनुगमनका क्रममा उक्त बजार क्षेत्रका केही पसलहरुबाट केही प्लास्टिकका मालाहरु जफत गरिएको छ ।

गाउँपालिकाले विगतका वर्षहरु देखि नै आफ्नो क्षेत्रभित्र खादा, प्लास्टिकजन्य माला, रबर, कोल्ड ड्रिंक्स, जंक फुड प्रयोग नगर्न र त्यस्ता बस्तुको सट्टामा स्थानीय उत्पादन प्रवर्द्धन गर्ने खाले बस्तु प्रयोग गर्न आग्रह गरेको थियो ।

यो कुरा फेरि स्मरण गराउँदै गाउँपालिकले केही दिन अगाडि पुनःपालिका क्षेत्रभित्र प्लास्टिकका फूलमालाहरुमा पूर्ण रुपमा बन्देज लगाउने सूचना निकालेको थियोे ।

पालिकाले खादाको सट्टा प्राकृतिक फूल वा माला, कोल्ड ड्रिंक्सको सट्टा दूध, दही, मोही, प्लास्टिकका प्लेट, थाल, चम्चा प्रयोग गर्नुको सट्टा साल, मालु आदिबाट निर्मित टपरी वा दुना प्रयोग गर्न आग्रह गरेको छ ।

बजार अनुगमन गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यकाे नेतृत्वमा पालिकाका विभिन्न शाखाका कर्मचारी तथा इलाका प्रहरी कार्यालय भालुबाङ, सिसहजियाँ र प्रहरी चाैकी मसुरीयाका प्रहरीहरुको सहभागीता रहेको थियो ।

त्यस्तै पालिकाले केही दिन अघि पनि बजार अनुगमन गरि अखाद्य बस्तु बिक्रीवितरण गर्ने पसलहरुलाई जरिवाना गर्नुकाे साथै त्यसता बस्तुहरु जफत गरि नष्ट गरेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation